२०८३ साउन १२ मंगलबार

ग्लोबल आइएमई बैँक र भिजी इम्पेक्सबीच ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्न सम्झौता

ई आर्थिक    बिहिबार, भाद्र २१ २०८०
5.6K
Shares
ग्लोबल आइएमई बैँक र भिजी इम्पेक्सबीच ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्न सम्झौता

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैँक र भिजी इम्पेक्स (जिडब्लुएम नेपाल) बीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बैँकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भिजी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैँकले भिजी इम्पेक्स तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभी, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सवारी साधन कर्जा दिनेछ।

ग्राहकले आवश्यक कागजात तथा विवरणसहित बैँकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् तीन कार्यदिन भित्र बैँकले नियमानुसार उचित ठहर्रयाएका ग्राहकलाई सहज रूपमा सवारी साधन कर्जा पाउनेछन्। ग्राहकको सुविधालाई मध्यनजर गरी बैँकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij