२०८३ असोज ८ बिहिबार

माछापुच्छ्रे बैंकले ल्यायो ईएमभी स्ट्याण्डर्डमा आधारित अफलाइन एप्लिकेशन सुविधा

ई आर्थिक    आइतबार, साउन २८ २०८०
4.3K
Shares
माछापुच्छ्रे बैंकले ल्यायो ईएमभी स्ट्याण्डर्डमा आधारित अफलाइन एप्लिकेशन सुविधा

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंकले ईएमभी स्ट्याण्डर्डमा आधारित अफलाइन एप्लिकेशन ल्याएको छ । बैंकले ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेशनमा ‘कन्ट्याक्टलेस अफलाइन ट्याप एन्ड पे’ सेवा शुरू गरेको हो । ‘टोकनाइज्ड’ प्रविधिमा खाता विवरणको सट्टा ‘सिस्टम जेनेरेटेड कोड’बाट कारोबार हुने गर्छ ।

यो प्रविधिमा ग्राहकले पोस मेसिनमार्फत कारोबार गर्दा फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बताइएको छ । हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ, जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा विवरण गोप्य र सुरक्षित रहने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij