ई–आर्थिक, काठमाडौं । लक्ष्मी सनराइज बैंकले असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने अन्ँितम तयारी गरेका छन् ।
नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतसंगै लक्ष्मी बैंक र सनराइज बैंक मिलेर लक्ष्मी सनराइज बैंकका नामबाट एकीकृत कारोबार थाल्न लागेका हुन् । दुबै बैंकले एक बराबर एकको स्वाप रेसियोमा मर्जर हुँदैछन् ।
नेपाल राष्ट्र बैंकको जोडबल र बैंकका लगानीकर्ताहरुको इच्छाले दुई बैंक एक हुने भएका हुन् ।
मर्जरको तथ्यांक सार्ने प्रयोजनका लागि दुबै बैंकले असार २७ र २८ गते सम्पुर्ण सेवाहरु बन्द रहने बताएका छन् ।