२०८३ साउन १४ बिहिबार

शाखा सञ्चालनमा अवरोधको सम्बन्धमा बैंक वित्त सम्बद्ध संघहरू सशक्त हुँदै, नरोकिए सशक्तरुपमा प्रस्तुत हुने

ई आर्थिक    मंगलबार, असार १२ २०८०
7K
Shares
शाखा सञ्चालनमा अवरोधको सम्बन्धमा बैंक वित्त सम्बद्ध संघहरू सशक्त हुँदै, नरोकिए सशक्तरुपमा प्रस्तुत हुने

ई–आर्थिक, काठमाडौं । पूर्वी नेपालमा भएको वित्तीय संस्थाहरुको शाखा अवरोधका सम्बन्धमा बैंक वित्त सम्बद्ध संस्थाका छाता संस्था संगठित भएर एउटै स्वर निकालेका छन् । ती बैंक तथा वित्त सम्बद्ध चारवटै संघले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यसको विरुद्धमा आफूहरु पनि सशक्त हुने बताएका छन् ।

बैंक वित्त सम्बद्ध नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आज पूर्वी नेपालको इटहरी, सुनसरी तथा बिर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको शाखामा केही व्यक्तिहरुले शाखा सञ्चालनमा अवरोध गर्नुका साथै कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट बञ्चित गरेकोमा हामी घोर निन्दा गर्छौं ।’

यस विषयमा सुरक्षा निकायले यथाशीघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारीरग्राहकको सुरक्षाका लागि माग गर्छौं ।’ ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्न पर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्तिरसुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको सञ्चालन तथा कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिनु हुन सरोकारवाला सबै निकायहरुसँग अनुरोध गर्छौं ।’

साथै, आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधिहरु भएको खण्डमा यसका विरुद्ध हामी सशक्त रूपमा प्रस्तुत हुने छौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij