२०८३ साउन १७ आइतबार

शेयर बजारमा ब्यक्तिका लागि ५ र ७.५ % पूजीगत लाभकर नै अन्तिम कर, सरकार र लगानीकर्ता बिच भयो सहमति

ई आर्थिक    आइतबार, जेष्ठ २१ २०८०
6.4K
Shares
शेयर बजारमा ब्यक्तिका लागि ५ र ७.५ % पूजीगत लाभकर नै अन्तिम कर, सरकार र लगानीकर्ता बिच भयो सहमति

ई–आर्थिक, काठमाडौं । सरकार र शेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयक–२०८० को बुँदा नं. २९ लाई सम्बोधन गर्दै पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम करको स्पष्ट पारेको छ ।

आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र अर्थमन्त्रीलगायत सरकारका सचिवहरुबीच भएको छलफलपछि जारी सूचनामा यस्तो स्पष्ट पारिएको हो । अर्थद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साबिक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको छ ।

त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारी लागि यो सूचना जारी गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij