२०८३ साउन १७ आइतबार

कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले सम्हाले कार्यभार

ई आर्थिक    आइतबार, जेष्ठ १४ २०८०
6.6K
Shares
कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले सम्हाले कार्यभार

ई–आर्थिक, काठमाडौं । कामना सेवा बिकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । उनले आज अर्थात जेठ १४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

थकालीले प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालीसकेका छन् । थकाली यस अघि भने साढे दुई वर्षदेखि प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा कार्यरत थिए । थकालीले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन् । आक्रामक व्यवसाय विस्तार गरिरहेको कामना सेवालाई ‘ख’ वर्गको एनआईसी एशिया बैंकको उपमा प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij