२०८३ साउन १२ मंगलबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एससीटी-यूपीआई’ डेबिट कार्ड सुविधा

ई आर्थिक    मंगलबार, बैशाख २६ २०८०
6.2K
Shares
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एससीटी-यूपीआई’ डेबिट कार्ड सुविधा

ई–आर्थिक, काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) र मुक्तिनाथ विकास बैंक बीच ‘एससीटी–यूपीआई’ डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास एससीटीको छ । हाल ५ वाणिज्य बैंक, ५ विकास बैंक, १२ फाइनान्स कम्पनी र १५० भन्दा बढी सहकारीले एससीटी–यूपीआई डेबिटको सेवा प्रदान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij