२०८३ साउन ९ शनिबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई गुरु ट्राभल्समा छूट

ई आर्थिक    मंगलबार, पौस १२ २०७९
4.5K
Shares
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई गुरु ट्राभल्समा छूट

ई–आर्थिक, काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने भएका छन् । छुट प्रदान गर्ने सम्बन्धमा बैंक र गुरु ट्राभल्सबीच सम्झौता गरिएको छ ।
बैंकका ग्राहकलाई थप सेवा दिने उद्देश्यले गुरु ट्राभल्ससँग व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले गुरु ट्राभल्सका विभिन्न सेवा तथा सुविधाहरूमा छूट पाउनेछन् । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आबद्ध मेशिनबाट रकम झिक्न सकिने व्यवस्था पनि गरेको छ ।

साथै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्न सकिने लगायत सेवा डिजिटल माध्यमबाट लिन सकिने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij