२०८३ साउन १४ बिहिबार

पोखराका मुख्य बजार क्षेत्रकै सटर तथा कबलहरु खाली हुँदै, संययमता नगुमाउन व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघको आग्रह

ई आर्थिक    बिहिबार, बैशाख २१ २०८०
5.8K
Shares
पोखराका मुख्य बजार क्षेत्रकै सटर तथा कबलहरु खाली हुँदै, संययमता नगुमाउन व्यवसायीलाई पोखरा उद्योग वाणिज्य संघको आग्रह

ई–आर्थिक, पोखरा । पोखरामा एकपछि अर्को व्यवसायी पलायन भइरहेको र जसका कारण निम्तिएको समस्याप्रति पोखरा उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । व्यवसायी पलायन हुँदा मुख्य बजार क्षेत्रकै सटर तथा कबलहरु खाली हुँदै गइरहेको पनि संघले जनाएको छ ।

‘पलायनको कारण रहर हैन बाध्यता हो,’ बुधबार संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बैंकको चर्को ब्याजदर, आर्थिक मन्दीका कारण व्यवसायमा आएको सिथिलता पलायनको प्रमुख कारण हो भन्ने पोखरा उद्योग वाणिज्य संघको ठम्याइ छ।’

संघले विज्ञप्तिमार्फत सरकारसँग अहिले देखिएको यो समस्या समाधानप्रति गम्भीर हुन र समयमै उचित कदम चाल्नसमेत माग गरेको छ । साथै संघले यो संकटको बेला धैर्य नगुमाउन व्यवसायीहरुसँग पनि अपील गरेको छ ।

‘पलायनका कारण बैंक तथा वित्तीय संस्थाहरुले सुरु गरेको धरपकडसँग जुध्न र विस्वास आर्जन गर्नेतर्फ लाग्नु व्यवसायी स्वयंको दायित्व हो भन्नेमा पनि हामी प्रष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन, स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौं।’ घर भाडा समयमै तिर्नुपर्ने जिम्मेवारी नभुल्न पनि व्यवसायीलाई संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij