२०८३ असोज ९ शुक्रबार

प्रभु बैंकले बिवाईडीको विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने

ई आर्थिक    बुधबार, चैत्र ८ २०७९
5.3K
Shares
प्रभु बैंकले बिवाईडीको विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने

ई–आर्थिक, काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनीको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तिय सम्झौता गरेको छ । यो सम्झौतासँगै बैंकले ग्राहकहरूलाई बिवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्नेछ ।

साइमेक्स इंक प्रालि का प्रमुख बित्त अधिकारी मेमन धौगाडाले प्रभु बैंकसँगको यस साझेदारीले विद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँच योग्य बनाउन मद्दत गर्ने बताए ।

यस्तै, प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले यस सहकार्य पश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बतए ।

उक्त कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान बैंकले गरेको जनाएको छ । ग्राहकहरुले इलेक्ट्रिक एसयुभी बिवाईडी अट्टो १२ लाख ९८ हजार र बिवाईडी अल न्यु इसिक्स मात्र ११ लाख ८० हजार डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij