२०८३ साउन ९ शनिबार

कुमारी बैंकले विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

ई आर्थिक    सोमबार, फाल्गुन १५ २०७९
7.3K
Shares
कुमारी बैंकले विद्युतीय गाडी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङकाबीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नको लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन् । कर्जाको अवधी ८ वर्षसम्म रहने प्रावधान गरिएको बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij