२०८३ साउन १२ मंगलबार

बैंक जमानतपत्रसम्बन्धी ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता सम्पन्न

ई आर्थिक    शुक्रबार, फाल्गुन १२ २०७९
4.3K
Shares
बैंक जमानतपत्रसम्बन्धी ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीबीच सम्झौता सम्पन्न

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बैंक जमानतपत्रसम्बन्धी सम्झौता सम्पन्न भएको छ । महासंघका सदस्यलाई राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानतपत्र लिनेरनवीकरण सहज रूपमा गराउने गरी सम्बन्धी सम्झौता गरिएको हो ।

बैंकको कर्पोरेट कार्यालयमा भएको सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दासले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्दा भारतीय दूतावासको नाममा जारी गर्ने जमानतपत्र लिने÷नवीकरण गर्दा बैंकको जुनसुकै शाखाबाट संघका सदस्यहरूले सहुलियतपूर्ण ढंगले जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij