२०८३ साउन ९ शनिबार

लघु वित्त वित्तीय संस्थाका पीडित महिलाद्वारा इटहरीमा धर्ना, ऋण असूल्ने क्रममा आफूहरुलाई अपमानित गरेको दाबी

ई आर्थिक    मंगलबार, फाल्गुन २ २०७९
8.6K
Shares
लघु वित्त वित्तीय संस्थाका पीडित महिलाद्वारा इटहरीमा धर्ना, ऋण असूल्ने क्रममा आफूहरुलाई अपमानित गरेको दाबी

ई–आर्थिक, सुनसरी । लघु वित्त वित्तीय संस्थाको विरूद्धमा पीडित महिलाहरू संगठितरुपमा आन्दोलित भएका छन् ।

लघु वित्त वित्तीय संस्थाले आफूहरुलाई मनोमानी गरेर पीडित भएको भन्दै संगठित भएर इटहरीमा महिलाहरु भेला भएर दबाबमूलक कार्यक्रम गरेका हुन् ।

पूर्वका विभिन्न जिल्लाबाट भेला भएका महिलाहरुले ‘लघु वित्तय संस्था खारेज गर, महिला मार्न पाइँदैन लघु वित्तय संस्था चाहिँदैन, किस्ता बहिस्कार गरौँ, सामूहिक ऋण मिनाहा गर’ जस्ता नारा लगाएका थिए ।

पीडितहरुले लघु वित्तिय संस्थाले अनावश्यक रुपमा दुःख दिएको भन्दै उदयपुर, सुनसरी र मोरङका महिलाहरुले दबाबमूलक कार्यक्रम गरेका हुन् । उनीहरुले सोमबार ११ बजेदेखि दिउँसो ३ बजेसम्म इटहरी चौरास्त चोकको दक्षिणतर्फ धर्ना दिएर बसे ।

सुरुवातमा धेरै फाइदा हुने आश्वासन दिएर ५ जनाको समूह बनाउने र पछि सहयोग माग्न जाँदा ऋण खान बाध्य बनाएर महँगो किस्ता असुल्ने गरेको पीडितले बताए ।

उदयपुरबाट इटहरीमा आएर धर्नामा बसेकी रमा राईले लघु वित्तयले ज्यादती गरेकोले नियमनकारी निकायले कारबाही गर्नुपर्ने बताइन् । ‘किस्ताको दिन आएपछि रातभर निन्द्रा लाग्दैन । श्रीमान्को पनि कमाइ छैन। एक दिन ढिला भयो भने लघु वित्तय संस्थाका व्यक्तिले अनाहाकमा गाली गर्छन्,’ उनले भनिन् ।

लघु वित्तयको ऋण लिएका सबैलाई पुरै चिन्ताले सताउने गर्छ। ‘मुटु कलेको निकालेर भएपनि दिनुपर्छ भनेर धम्की आउँछ,’ उदयपुरबाटै इटहरी आएकी अम्बिका गजमेरले भनिन् । उनले किड्नी बेचेर भएपनि ब्याज र किस्ता तिर्नुपर्ने भन्दै धम्की दिने गरेपछि बाँच्न गाह्रो भएको बताइन् । कतिपयले भने लघु वित्तयमा बचत गरेको पैसा समेत निकालन पाएका छैनन् ।

उदयपुरमा आन्दोलन गर्दा सरकारले नदेख्ने भएपछि सुनसरी र मोरङका पनि पीडितलाई डाकेर इटहरीमा दबाबमूलक कार्यक्रम गरिएको जानकारी दिइयो। यी तीन जिल्लामा माहुली, जीवन विकास, सपोर्ट, सहारा नेपाललगायत संस्थाबाट महिलाहरु पीडित भएको बताइएको छ । अधिकांश लघुवित्तको ब्याजदर र असुली प्रक्रिया उस्तै कडा र अपमानित भएको उनीहरुले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij