२०८३ साउन १० आइतबार

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट भण्डारी र महासचिवमा काँग्रेस निकट भुर्तेल विजयी

ई आर्थिक    शनिबार, माघ ७ २०७९
9.7K
Shares
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट भण्डारी र महासचिवमा काँग्रेस निकट भुर्तेल विजयी

ई–आर्थिक, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । संघको शनिबार बिहान सम्पन्न २९ औं साधारण सभा पछिको कार्यसमिति निर्वाचन परिणामअनुसार भण्डारी आफ्ना तीन प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा भण्डारी अरोरा ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक हुन ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल (एमाले निकट) का अध्यक्ष भण्डारीले १ सय ९९ नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्षका उम्मेदवार

कुमुद खनालले १ सय ५७ मत पाए । मञ्च नेकपा एमाले निकट वैदेशिक रोजगार व्यवसायी संस्था हो ।

एशोसिएसनका विद्रोही भुवनसिंह गुरूङले १ सय ३१ र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार ईश्वर जिसीले १ सय १८ मत पाए । यससँगै भण्डारी एक वर्षभित्रै दुई संगठनको अध्यक्ष भएका छन् । उनी गत चैत १२ गते मञ्च नेपालको अध्यक्षमा पनि निर्वाचित भएका थिए ।

यस्तै संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । उनले २ सय ५३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एशोसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाएका छन् ।

द्वितीय उपाध्यक्षमा मञ्चका उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १ सय २२, लोकतान्त्रिक एशोसिएसन प्यानलका अख्तर हुसेनले १ सय २ र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाएका छन् ।

तृतीय उपाध्यक्ष मञ्चका उम्मेदवार रोशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भएका छन् । उका प्रतिद्वन्द्वी सञ्जय पनेरुले १ सय ५७, मोहन कुमार ढुंगेलले १ सय २३ र अनिल बोगटीले १ सय २६ र उम्मेदवारी फिर्ता लिएका अम्बरबहादुर न्यौपानेले १३ मत पाएका छन् ।

महासचिवमा लोकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मत ल्याई निर्वाचित भए । निलकमल ह्यूमेन रिसोर्स प्रा.लि.का संचालक भुर्तेल यसअघि संघको सचिवमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी मञ्चका उम्मेदवार मिलन कट्टेलले १८३ र मधुकर रिजालले १ सय ५६ मत पाएका छन् ।

सचिवमा लोकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भए । उनका प्रतिद्वन्द्वी मञ्चका राजेन्द्र अधिकारीले १ सय ४१, टक्करबहादुर पाख्रिनले ९४, गोमा गिरी क्षेत्री ९अञ्जु०ले ४९, उम्मेदवारी फिर्ता लिएका हर्क लिम्बूले ३७ र प्रेमराज लावतीले ३९ मत पाएका छन् ।

कोषाध्यक्षमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् । प्रतिस्पर्धी हिमा गुरूङले १ सय ४६, हिरादेवी बुढाथोकीले १ सय २, केदारनाथ अधिकारी दिपेन्द्रले १३७ र सरस्वती सुवेदीले २ मत पाएकी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१, विक्रम श्रेष्ठ २४६ , देवमाया थापा २४५ , बैकुण्ठ प्रसाद पौडेल २३२, कैलाश पाठक २३०, देउमान नेम्वाङ २२४, आनन्द कोइराला २१८, नारायण भुसाल २१७, तोरणबहादुर कार्की २१२ र चन्द्र बहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij