२०८३ साउन ९ शनिबार

सोलार फार्मले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

ई आर्थिक    शनिबार, पौस ३० २०७९
13.3K
Shares
सोलार फार्मले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

ई–आर्थिक, काठमाडौं । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा कम्पनीका अध्यक्ष आशबहादुर गुरुङ तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

उक्त कम्पनीको अधिकृत पूँजी ६५ करोड रुपैयाँ, जारी पूँजी ६५ करोड रुपैयाँ र चुक्तापूँजी ४५ करोड रुपैयाँ रहेको छ। नेपालको पहिलो सोलारबाट विद्युत् उत्पादन गर्ने कम्पनीको रुपमा सन् २०१७ मा स्थापित उक्त कम्पनीले ५ मेगावाट क्षमताको सोलारबाट सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक तवरले विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीको उक्त आयोजना तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij