२०८३ साउन १० आइतबार

बैतडीमा जिप दुर्घटना हुँदा मतपेटिका पुर्‍याउन गएका ३ प्रहरीको घटनास्थलमै मृत्युु

ई आर्थिक    सोमबार, मंसिर ५ २०७९
16.6K
Shares
बैतडीमा जिप दुर्घटना हुँदा मतपेटिका पुर्‍याउन गएका ३ प्रहरीको घटनास्थलमै मृत्युु

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोलामा स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । ‘तीन जनाको मृत्यु भएको भन्ने खबर आएको छ, उद्धार जारी रहेको खबर छ, म आफै घटनास्थल जाँदैछु,’ उनले भने ।

जिप सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij