२०८३ साउन ११ सोमबार

बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज विरुद्ध सिरहामा विरोध प्रदर्शन

ई आर्थिक    मंगलबार, कार्तिक २२ २०७९
7.7K
Shares
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज विरुद्ध सिरहामा विरोध प्रदर्शन

ई–आर्थिक, सिरहा । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज विरुद्धको आन्दोलन क्रमशः देशव्यापी बन्दै गएको छ । यसैक्रममा बैंक वित्तीय संस्थाको चर्को ब्याजबाट आफुहरुलाई मार परेको भन्दै उपभोक्ताहरुले सिरहामा बिरोध प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा लगाएको अधिक ब्याजका कारण उपभोक्ताहरु मारमा परेको भन्दै सिरहाको प्रमुख व्यापारी केन्द्र लहान, मिर्चैया र गोलबजारका स्थानीय व्यवसायीहरुले आन्दोलन गरेका हुन् ।

सिरहाको लहान, गोलबजार, मिर्चैया र सिरहा स्थित रहेका बैंकहरुले समयमा ऋण उपलब्ध नगराउने, ऋण लिनको लागि अनेकन जालझेलको बखेडा झिक्ने, सिमित व्यक्तिहरुलाई मात्रै ऋण प्रवाह गर्ने र मनोमानी ढंगले ब्याजदर कायम गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।

सिरहाका स्थानीय बैंकहरुले पहुँचमा रहेका सिमित व्यक्तिहरुलाई मात्रै ऋण प्रदान गर्ने र अन्य व्यक्तिहरुले बैंकबाट ऋण लिनको लागि कागजी प्रकृयामा निकै समस्या भोग्नुपरेको आन्दोलनका एक सहभागीले जनाए । त्यस्तै आन्दोलनमा सहभागी अर्का व्यक्तिले धरौटी मूल्यांकनको लागि खटिने कर्मचारीलाई कमिसन दिनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij