२०८३ साउन १० आइतबार

महालक्ष्मी विकास बैंक र कलेजहरु बिच साझेदारी पत्रमा हस्ताक्षर

ई आर्थिक    सोमबार, कार्तिक २१ २०७९
10.5K
Shares
महालक्ष्मी विकास बैंक र कलेजहरु बिच साझेदारी पत्रमा हस्ताक्षर

ई–आर्थिक, काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ ।

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गर्नु भएको हो ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बिच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गर्नु भएको हो ।

उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नशीप अपरच्युनिटी, जब फेयर प्रोग्रम, बैंकिङ अवारनेश प्रोग्राम, गेष्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ । यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij