२०८३ साउन १२ मंगलबार

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पताल बिच सम्झौता, बैंकका ग्राहकलाई निःशुल्क एम्बुलेन्सदेखि छुटैछुट

ई आर्थिक    मंगलबार, भाद्र १ २०७८
8.5K
Shares
महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पताल बिच सम्झौता, बैंकका ग्राहकलाई निःशुल्क एम्बुलेन्सदेखि छुटैछुट

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रालिसँग एक संझौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पताल प्रालिमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउने भएका छन् ।

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज आइसीयु, एचसीयु, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन (ल्याब, एक्सरे, युएसजी, इसीजी, इन्डोस्कोपी, पीएफटी, टीएमटी, इको), प्रोस्युडर, चार्जर (प्लास्टर, स्टिचिङ, ड्रेसिङ) मा १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गर्नु भएको हो ।

देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij