२०८३ साउन ९ शनिबार

ट्वीटर एकाउण्ट चलाउँदै हुनुहुन्छ ? नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाए मासिक आठ डलर तिर्नुपर्छ है

ई आर्थिक    बुधबार, कार्तिक १६ २०७९
4.7K
Shares
ट्वीटर एकाउण्ट चलाउँदै हुनुहुन्छ ? नीलो टिकसहितको ट्वीटर अकाउण्ट चलाए मासिक आठ डलर तिर्नुपर्छ है

ई–आर्थिक, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको छ ।

गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गर्नुभएको छ । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उहाँको भनाइ छ ।

अहिलेसम्म राजीतिक नेताहरु, कलाकारहरु, धनाढ्य ब्यापारीहरु, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाईन फर्म भर्ने प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् । त्यसलाई मस्कले मालिक र मजदुर जस्तो ब्यवहार भन्दै आलोचना पनि गर्नुभएको छ ।

आलोचकहरुले भने मासिक शुल्क उठाउने प्रक्रिया सजिलो र ब्यवहारिक नभएको भन्दै मस्कको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij