ई–आर्थिक, काठमाडौं । आर्थिक क्षेत्रको बहुचर्चित, बहुप्रतिक्षित र विवादित बीमा बिधेयक प्रमाणित भएको छ । राष्ट्रपति बिद्यादेवि भण्डारीले आइतबार बिमा बिधेयकमा लाल मोहर लगाएकी हुन् ।
यो बिधेयक प्रमाणिकराणसँग अब बीमा समितिको नाम बीमा प्राधिकरण भएको छ । नियामकिय अधिकार क्षेत्र पनि वृद्धि हुनेछ ।
यो बिधेयक अनुसार समितिका वर्तमान अध्यक्षको कार्यकाल पनि निरन्तर हुनेछ भने अभिकर्ताहरुले एउटा कम्पनीको मात्रै लाइसेन्स पाउनेछन् ।