ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई आव्हान गरेकी हुन् ।
विहीबार अबेर सूचना प्रकाशित गर्दै आव्हान गरिएको उक्त विज्ञप्तीमा एक दिन समय उल्लेख छ । उक्त सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा विश्वासको मत पाउने अवस्था नदेखिएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकर गठनको प्रक्रिया शुरु गर्न भनेअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् ।
