२०८३ साउन ९ शनिबार

कुमारी बैंकलाई भिसा इन्टरनेशनलको इकमर्स बिजनेस अवार्ड

ई आर्थिक    शनिबार, भाद्र १८ २०७९
6.1K
Shares
कुमारी बैंकलाई भिसा इन्टरनेशनलको इकमर्स बिजनेस अवार्ड

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक ‘एक्सिलेन्सी इन इकमर्स बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले बैंकलाई उक्त अवार्ड दिएको हो । यही भदौ १५ मा भिसाले गरेको ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ सम्मेलनका दौडान बैंकलाई अवार्ड प्रदान गरिएको हो ।

बैंकले गरेको इनोभेटिभ उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा हासिल गरेको कारण यो अवार्ड पाएको बैंकले जनाएको छ ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंर्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij