२०८३ साउन ११ सोमबार

कर्जासम्बन्धी मार्गदर्शनप्रति नेपाल उद्योग परिसंघको आपत्ति, सच्याउन माग

ई आर्थिक    शनिबार, भाद्र १८ २०७९
7K
Shares
कर्जासम्बन्धी मार्गदर्शनप्रति नेपाल उद्योग परिसंघको आपत्ति, सच्याउन माग

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग परिसंघले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा भएका केही व्यवस्थाका कारण औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रेको टिप्पणी गरेको छ ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानले देशभित्र व्यावसायिक वातावरण नबन्ने र भएको वातावरणसमेत बिग्रन सक्ने परिसंघको बुझाइ छ ।

उक्त मार्गदर्शनले स्वदेशी तथा ‘मेक इन नेपाल’ जस्ता सरकारसमेतको स्वामित्व रहेका अभियानसमेतलाई प्रतिकूल असर गर्ने आफूहरुको ठम्याई रहेको परिसंघले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय बैंकले चालू पूँजी कर्जालाई एकरूपता कायम गर्न, कर्जा स्वीकृति प्रक्रिया एवं उपयोग पारदर्शी बनाउन चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको उक्त मार्गनिर्देशनको मस्यौदामा परिसङ्घले पनि सुझाव पेश गरेको स्मरण गरेको छ ।

परिसंघको सुझावअनुसार ५० लाख रुपैयाँसम्म ऋण लिने साना ऋणीलाई यो मार्गनिर्देशन अनिवार्य नहुने, १ करोड रुपैयाँको सीमालाई २ करोड रुपैयाँ गरिएको, लेखा परीक्षणको व्यवस्थालगायतमा गरिएका केही विषय भने सकारात्मक रहेको छ ।

कोभिड तथा अन्य कारणले अर्थतन्त्र शिथिल बनेको समयमा औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा नै घट्ने गरी उक्त नीति आएको भन्दै परिसंघले त्यसमा सुधारको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij