२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल

ई आर्थिक    सोमबार, साउन १६ २०७९
6.8K
Shares
महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल

ई–आर्थिक, काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले प्रति ऋणपत्र अंकित मूल्य रु. १०००/– दरले कुल १ अर्ब रुपैंया (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले ऋणपत्र निष्काशनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । २०७९ साल श्रावण १६ गते सोमबारका दिन यस बैंकको केन्द्रिय कार्यालय दरवारमार्ग, काठमाडौंमा आयोजित एक समारोहका बीच वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्नको लागि महालक्ष्मी विकास बैंक लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।

उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र रु.४० करोड बराबरको ऋणपत्र रकम सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

महालक्ष्मी विकास बैंक ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र रहेको छ ।

कोभिड–१९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij