२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी विकास बैंकले गर्यो कर्मचारीको कोरोना बीमा

ई आर्थिक    शुक्रबार, जेष्ठ ९ २०७७
12.5K
Shares
महालक्ष्मी विकास बैंकले गर्यो कर्मचारीको कोरोना बीमा

ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड–१९ बीमा गरेको हो ।

बैंकले कोभिड – १९ बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै एक वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड–१९ बीमा गरेको हो ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।

बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij