२०८३ साउन ११ सोमबार

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो समान

ई आर्थिक    सोमबार, साउन १६ २०७९
6.5K
Shares
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो समान

सीइओ र अध्यक्ष प्रभु बैंकको रहने, सेन्चुरीबाट तीनजना सञ्चालक प्रतिनिधि राखिने

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जरमा जाने भएका छन् । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो सम्झौतापत्रमा शुक्रबार बैंकका अध्यक्षद्वयले काठमाडौंको होटल मोरियटमा एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् ।

लामो समयको छलफल पछि प्रभु र सेञ्चुरी बैंकबीच १ बराबर १ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो ।

सो सम्झौताअनुसार मर्जरपछि प्रभु बैंककै सीइओ र अध्यक्ष रहने छन् भने सञ्चालक समितिमा सेञ्चुरी बैंकबाट ३ जना प्रतिनिधि राख्ने सम्झौता भएको हो ।

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छभने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij