२०८३ साउन ९ शनिबार

भारतीय युवक स्रोत नखुलेको २३ लाख ८९ हजार नेपाली रुपैयाँसहित प्रहरी नियन्त्रणमा

ई आर्थिक    सोमबार, साउन ९ २०७९
8.7K
Shares
भारतीय युवक स्रोत नखुलेको २३ लाख ८९ हजार नेपाली रुपैयाँसहित प्रहरी नियन्त्रणमा

ई–आर्थिक, जनकपुरधाम । जनकपुरधामबाट स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाका १९ वर्षीय अब्दुल समी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार साँझ करिब ५ बजे विषेश सूचनाको आधारमा प्रहरी चौकी हनुमाननगर धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाँस्थित महादेब मन्दिरनजिक २३ लाख ८९ हजार ४८० रुपैयाँसहित युवकलाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

लोहनाबाट जनकपुरधामतर्फ आउँदै गरेको बीआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij