ई–आर्थिक, काठमाडौं । श्रीलंकामा प्रधानमन्त्री रणिल विक्रमसिंहेले कार्यवाहक राष्ट्रपतिको सपथ लिएका छन् ।
मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन्। उनलाई प्रधानन्यायाधीश जयन्थ जयसुरियाले शपथ दिलाएका थिए ।
शनिबार सुरु हुने संसद बैठकले नयाँ राष्ट्रपति निर्वाचनका लागि प्रक्रिया सुरु गर्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।