ई–आर्थिक, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज असार १३ गते सोमवार बाँडफाँट हुदैछ ।
आईपीओ विक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा ९ बजे बाँटफाँट हुने छ । कम्पनीको आईपीओका लागि १७ लाख ९६ हजार ६८४ जनाको आवेदन परेको छ । यी आवेदकहरूबाट रू। २ अर्ब १ करोड ४२ लाख बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयर खरीद माग भएको जानकारी क्यापिटलले दिएको छ ।
कम्पनीले रू. ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारण जारी गरेकोे हो । सर्वसाधारणमा जारी गरिएको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।