२०८३ साउन १२ मंगलबार

ठूला करदातालाई कर तिर्न विभागको १५ दिने अल्टिमेट (सबै फर्म र व्यक्तिको नामसहित)

ई आर्थिक    मंगलबार, असार ७ २०७९
6.9K
Shares
ठूला करदातालाई कर तिर्न विभागको १५ दिने अल्टिमेट (सबै फर्म र व्यक्तिको नामसहित)

ई–आर्थिक, काठमाडौं । १९ ठूला करदातालाई कर तिर्न ठूला करदाताको कार्यालयले १५ दिने अल्टिमेटन दिएको छ । व्यवसाय सञ्चालन गरेर राज्यलाई तिर्नु पर्ने करमा अटेर गरेको भन्दै कार्यालयले १९ व्यापारिक फर्म तथा कम्पनीका नाममा सूचना जारी गरेको अल्टिमेटन दिएको छ ।

ठूला करदाता कार्यालयमा दर्ता रहेका करदाताहरुले लामो समयदेखि आफूले बुझाउनु पर्ने मुल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नबुझाएकोले सुचना जारी भएको मितिले १५ दिनभित्र तिर्न कार्यालयले मंगलबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा यदि यस्तो शुल्क तिरि सकिएको भए सोही अवधिभित्र प्रमाण पेश गर्न समेत भनिएको छ ।

उक्त अवधिभित्र वक्यौता रकम दाखिला नगर्ने करदाताहरुलाई मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ तथा आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ सम्मको प्रक्रियाहरु अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानुनी कारवाही गरी वक्यौता असुली गरिने चेतावनी समेत उक्त सूचनामा दिइएको छ ।

सूचना जारी गरिएको कम्पनी तथा व्यवसायिक फर्म र तिनका सम्पर्क व्यक्तिको नाम

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij