२०८३ साउन १० आइतबार

मःमको डल्ला अड्किएर मृत्यु प्रकरण : एम्स अस्पतालले जारी गर्‍यो एडभाइजरी

ई आर्थिक    बुधबार, असार १ २०७९
8.9K
Shares
मःमको डल्ला अड्किएर मृत्यु प्रकरण : एम्स अस्पतालले जारी गर्‍यो एडभाइजरी

ई–आर्थिक, काठमाडौं । अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ । म:मको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पुर्‍याइएको थियो ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।

म:म अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

उनको मृत्युको कारक मम पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij