२०८३ साउन ११ सोमबार

नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल बर्खास्त

ई आर्थिक    सोमबार, जेष्ठ २३ २०७९
6.5K
Shares
नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल बर्खास्त

ई–आर्थिक, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । निगमको हित विपरीत काम गरेको उल्लेख गर्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालय तानेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij