२०८३ साउन १० आइतबार

हराएको तारा एयरको विमान लाङ्चिगोला क्षेत्रमा जलिरहेको अवस्थामा फेला, यात्रुमा सवार २२ जनाकै नामसहित

ई आर्थिक    आइतबार, जेष्ठ १५ २०७९
7.9K
Shares
हराएको तारा एयरको विमान लाङ्चिगोला क्षेत्रमा जलिरहेको अवस्थामा फेला, यात्रुमा सवार २२ जनाकै नामसहित

ई–आर्थिक, काठमाडौं । पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको हराइ रहेको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । नेपाली सेनाका अनुसार मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जहाज जलिरहेको अवस्थामा फेला परेको हो ।

सो विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरुको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन ।

यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ ।

आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको थियो ।

विमानमा सवार २२ यात्रु तथा चालक दलको सदस्यहरु को–को ?

१‍ इन्द्रबहादुर गोले
२ पुरुषोत्तम गोले
३ राजनकुमार गोले
४‍ वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट

चालक दलका सदस्य

१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३ विमानपरिचारिका क्रिस्मी थापा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij