२०८३ साउन १० आइतबार

दोर्दी खोलाको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

ई आर्थिक    बिहिबार, जेष्ठ ५ २०७९
5.5K
Shares
दोर्दी खोलाको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

ई–आर्थिक, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि वैशाख १३ गतेदेखि निष्कासनमा ल्याएको थियो ।

शेयर खरीद गर्न इच्छुक स्थानीयहरुले बिहीवार कार्यालय अवधिभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीले जारी पूँजी रू। १ अर्ब ५ करोड ४२ लाख ६० हजारको १० प्रतिशतले हुन आउने प्रतिकित्ता रू। १०० अंकित दरका रू। १० करोड ५४ लाख २६ हजार बराबरको १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू। २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू। १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij