ई–आर्थिक, उदयपुर । उदयपुरको वेलका नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोक कार्की विजयी भएका छन् । सो नगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेकी जीरा राई निर्वाचित भएकी छन् ।
आज बुधबार दिउँसो सम्पन्न मतगणनामा अनुसार कार्कीले एमालेका दुर्गाकुमार थापालाई ३ हजार १ सय ४० फराकिलो मतान्तरले पराजित गरेका हुन् । प्रमुखमा निर्वाचित कार्कीले १० हजार १ सय २० मत पाएका छन् । उनका निकटम प्रतिद्वन्द्वी थापाले ६ हजार ८ सय ५ मत मात्र पाएका छन् ।
थापा वेलका नगरपालिकाका निवर्तमान प्रमुख हुन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचमा अहिले निर्वाचित कार्कीलाई ५ सय ५२ मतले पछाडी पादै विजयी भएका थिए । अहिले उनै थापालाई कांग्रेसका कार्कीलाई ३१४० मतले हराउँदै नगरपालिका प्रमुख निर्वाचित भएका छन् ।
नगरपालिका उपप्रमुखमा निर्वाचित एमालेकी राईले ८ हजार २ सय ७६ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका मनोज तामाङले ७ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचन वेलकामा एमालेका थापाले बहुमत सदस्यसहित विजय हासिल गरेको थियो ।
९ वडा रहेको बेलकामा १,३ ४ र ९ नम्बरको वडाध्यक्षमा कांग्रेसका क्रमशः दिनेश्वर चौधरी, टकप्रसाद आर्चाय, तीर्थराज अधिकारी निर्वाचित भएका छन् । नगरको २, ५ र ६ नम्बर वडाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर दाहाल, दिपकराज रेग्मी र बसन्तकुमार मगर निर्वाचित भए । ७ र ८ नम्बर वडामा माओवादी केन्द्रका निकेस राई र जयकुमार राई विजयी भएका छन् ।