२०८३ साउन ११ सोमबार

लाक्पा शेर्पा १० औं पटक सगरमाथामा, शेर्पा विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने महिलाको सूचीमा

ई आर्थिक    बिहिबार, बैशाख २९ २०७९
7.6K
Shares
लाक्पा शेर्पा १० औं पटक सगरमाथामा, शेर्पा विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने महिलाको सूचीमा

ई–आर्थिक, काठमाडौं । लाक्पा शेर्पा बिहीबार बिहान १० औं पटक सगरमाथा चुचुरोमा पुगेकी छन् । संखुवासभाकी ४८ वर्षीया शेर्पाले १० औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वमै सर्वाधिक आरोहण गर्ने महिलाको सूचीमा नाम दर्ज गरेकी छन् ।

०७५ जेठ २ गते तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी लाक्पाले बिहीबार बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पाइला राखेकी हुन् ।

लाक्पासहित चार शेर्पा र एक अमेरिकी आरोही आज बिहान साढे ६ बजे सगरमाथा चुचुरोमा पुगेको छन् । उनी सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकै एक्लो महिला भएकी छन् ।

तीन सन्तानका साथ हाल अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी लाक्पा पछिल्ला वर्ष आफ्नै रेकर्ड ब्रेक गर्दै आइरहेकी छन् ।

यसअघि उनलाई नवौं पटक सगरमाथा आरोहण गर्दा अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश दिएकी थिइन् ।

२६ वर्षको उमेरमा २०५७ जेठ ५ गते पहिलोपटक उनले सगरमाथा आरोहण गरेकी थिइन् । लाक्पा हरेक वर्ष ‘विश्वभरका महिला पुरुष भन्दा कम छैनन्’ भन्ने नारा लिई आरोहणमा जाने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij