ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई व्यवस्थित शहर बनाउने प्रतिबद्धता जनाएकी छिन् । सत्ता गठबन्धनको तर्फबाट उनले काँग्रेसको तर्फबाट उम्मेद्वारी दिएकी हुन ।
गठबन्धनका तर्फबाट शान्तिबाटिकामा जारी सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै सिंहले काठमाडौँलाई बस्न लयक शहर बनाउने प्रतिबद्धता जनाएकी हुन् । उनले काठमडौँमा महिला उम्मेदवार उठ्नु महिला आन्दोलनको लागि गौरवपूर्ण विजय भएको उल्लेख गर्दै संविधानको भावनाअनुसार काम गर्ने उल्लेख गरिन् ।
काठमाडौं महानगरलाई विकास र सम्बृद्धिले महाघर बनाउने उनको प्रतिबद्धता थियो । सम्बोधनका क्रममा उनले भनिन्, ‘महानगरलाई भ्रष्टारमुक्त र शुशासनयुक्त बनाउन चाहन्छु। धुलो, धुँवा फोहोर मैला व्यवस्थापन र ट्राफिक जाम व्यवस्थापनका साथै असुरक्षित र अन्धकार रहेको काठमाडौं शहरलाई व्यवस्थित बनाउँछु ।’
सिंहले युवा, बालबालिका र वृद्धवृद्धा लक्षित विकास निर्माण गर्ने बताइन्। उनले महानगरपालिकाका प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउँने, शिक्षा र स्वाथ्यको गुणस्तरमा खटिने, मौलिक सम्पदाको संरक्षण गर्ने, उपत्यकामा २४ सै घन्टा बजारको व्यवस्था गर्ने, ढल खानेपाीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइन् ।