२०८३ साउन ९ शनिबार

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार मतदाता, सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २२३

ई आर्थिक    सोमबार, चैत्र १४ २०७८
2.5K
Shares
स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार मतदाता, सबैभन्दा बढी मोरङमा ७ लाख १५ हजार २२३

ई–आर्थिक, काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो छ । त्यसैगरी सबैभन्दा कम मनाङमा ६ हजार ४१६ मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।

मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ ।
उक्त निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij