२०८३ भाद्र ३१ बुधबार

संस्थामा कर्मचारीहरुको संलग्नता कसरी बढाउने विषयमा डेभलपमेण्ट बैंकर्स एशोसियसनको आयोजनामा कार्यक्रम

ई आर्थिक    शुक्रबार, चैत्र ४ २०७८
5.7K
Shares
संस्थामा कर्मचारीहरुको संलग्नता कसरी बढाउने विषयमा डेभलपमेण्ट बैंकर्स एशोसियसनको आयोजनामा कार्यक्रम

ई–आर्थिक, काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल एओटिएस र बैंकिङ् एण्ड इन्स्योरेन्स म्यानेजमेण्टको संयुक्त पहलमा ‘संस्थामा कर्मचारीहरुको संलग्नता कसरी बढाउने’ भन्ने विषयमा आयोजना गरिएको ३ दिने अन्तराष्ट्रिय वेविनार हालै सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम वहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम आयोजना गर्नका लागि ‘एशोसियसन फर ओभरसिज टेक्निकल कोअपरेसन एण्ड सस्टेन्एवल पार्टनरसिप, जापान’, “वल्र्ड नेटवर्क अफ् फ्रेण्डसिप” तथा “जापान श्रीलंका टेक्निकल एण्ड कल्चरल एशोसियसन” ले सहयोग गरेका थिए ।

डेपुटी गभर्नर बम वहादुर मिश्र, डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल एओटिएसका अध्यक्ष प्रशान्तलाल श्रेष्ठ, एओटिसका दक्षिण एशिया प्रतिनिधि तथा न्यू दिल्ली कार्यालयका महाप्रबन्धक हिसाशी कान्डा लगाएतले सम्बोधन गरेको उक्त कार्यक्रमका मुख्य वक्ता श्रीलंकाका मानव शंसाधन विशेषज्ञ अनुरुद्ध थिथ्ठगल्ला गामेज थिए ।

कर्मचारीहरुको संलग्नता बढाउनका लागि अन्तराष्ट्रिय वेविनारको आयोजना गरेकोमा धन्यवाद दिंदै कर्मचारीको ज्ञान र सीप बढाउनका लागि विशेष ध्यान दिनु पर्नेमा डेपुटी गभर्नर मिश्रले जोड दिए ।

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालका अध्यक्ष पोखरेलले बिकास बैंकका कर्मचारीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्घि गर्नका लागि एशोसियसनले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्दै कोरोनाको प्रभाव घट्दै गए पछि भौतिक उपस्थितिमा पनि विभिन्न कार्यक्रम गर्ने योजना रहेको उल्लेख गरे ।

बैंकिङ् एण्ड इन्स्योरेन्स म्यानेजमेण्टका बैंकिङ् परामर्शदाता बीएन घर्तीले ग्राहक र कर्मचारी सन्तुष्टिका सम्बन्धमा बेला बेलामा प्रश्न उठ्ने गरेको, मर्ज भएका संस्थामा कर्मचारीबीचको सम्बन्धमा कहिलेकांही तिक्तता आएका घटना सुनिने गरेको र समग्रमा उत्पादकत्व बढाउनका लागि कर्मचारी संलग्नता बढाउनु पर्ने आवश्यक्ता देखिएकाले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसंगको साझेदारीमा बैंकिङ् उद्योगलाई टेवा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij