२०८३ भाद्र ३१ बुधबार

नारी दिवसको अवसरमा गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

ई आर्थिक    मंगलबार, फाल्गुन २४ २०७८
4.6K
Shares
नारी दिवसको अवसरमा गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

ई–आर्थिक, काठमाडौं । गरिमा विकास बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्नुहुने सम्पूर्ण महिला ग्राहकहरुलाई यस विकास बैंकले प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

यस विकास बैंकका ग्राहकमहानुभावहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिनेछ । यस विकास बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्नुहुने सम्पूर्ण नारी ग्राहकवर्गले उक्त छुट प्राप्त गर्नुहुनेछ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij