ई–आर्थिक, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ७३ प्रतिशत लाभांस प्रदान गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त वित्तीय संस्थाको सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत बराबरको २ करोड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
७० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी एक अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको यो निर्णयसँगै सेयर मूल्य आकासिने संभावना रहेको सेयर विश्लेषकहरुको अनुमान छ ।