२०८३ साउन ९ शनिबार

दुई सामाजिक संस्थालाई ज्योति विकास बैंकको सहयोग

ई आर्थिक    बिहिबार, माघ २७ २०७८
4.8K
Shares
दुई सामाजिक संस्थालाई ज्योति विकास बैंकको सहयोग

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले दुई सामाजिक संस्थालाई सहयोग उपलब्ध गराएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आउने क्रममा उक्त सहयोग गरेको हो ।

बैंकले बाँकेको कोहलपुर नगरपालिका–१५ स्थित शमशेरगञ्ज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई प्रसूति बेड र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यास गिजर उपलब्ध गराएको छ ।

शमशेरगञ्ज स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकमबहादुर केसीले कोहलपुर नगरपालिका–१५ वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लीलाधर बुढाथोकीलाई प्रसूति बेड हस्तान्तरण गरिएको हो ।

यस्तै, बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलीपराज बराल र बैंकको रातोपुल शाखा प्रबन्धक प्रज्ञा कँडेलले संयुक्त रूपमा पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्यास गिजर हस्तान्तरण गरे ।

यो सहयोगबाट सम्बन्धित संस्थाको सेवा लिनेलाई सहयोग पुग्ने अपेक्षा बैंकको छ ।

हाल बैंकले १०९ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij