ई–आर्थिक, काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा दरखास्त खलाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गर्ने बताएको छ ।
उक्त पदमा ३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा नकिायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिनसक्ने बताइएको छ ।
शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार पनि सूचनामा उल्लेख छ । महाप्रबन्धक बन्न चाहाने उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने पनि बताइएको छ ।