२०८३ साउन ९ शनिबार

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि खुल्यो

ई आर्थिक    शुक्रबार, माघ २१ २०७८
9.6K
Shares
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि खुल्यो

ई–आर्थिक, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन आजदेखि निष्काशन शुरू भएको छ । कम्पनीले १०० अङ्कित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता साधारण शेयर सर्वासाधारणलाई निष्काशन गर्दै छ।

यस आईपीओमा सर्वासाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिने छन् । धितोपत्र निर्देशिका अनुसार कम्पनीको आइपिओ बाडफाड हुँदा ४८ हजार ७९० जना लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।

यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २० लाख भन्दा माथिको आवेदन पर्ने अनुमान गरिएको छ । यस कम्पनीको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij