२०८३ साउन ९ शनिबार

सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    आइतबार, माघ २ २०७८
5K
Shares
सेञ्चुरी कमर्सियल बैंकको एघारौं वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्को अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको थियो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/– (नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपी दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij