२०८३ साउन ११ सोमबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

ई आर्थिक    आइतबार, पौस २५ २०७८
5.2K
Shares
महालक्ष्मी विकास बैंकका ग्राहकलाई ईशान बाल तथा महिला अस्पतालमा छुट

ई–आर्थिक, काठमाडौं । ग्राहकहरुलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ईशान बाल तथा महिला अस्पतालसँग सम्झौता गरेको छ ।

एक विशेष कार्यक्रमका बिच उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक श्रीे रामनंदन प्रसाद चौधरी र बैंकका तर्फबाट बसुन्धारा शाखाका प्रमुख श्री विकास देवकोटाले हस्ताक्षर गर्नु भएको हो ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ईशान बाल तथा महिला अस्पतालमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स ̵ रे सेवा, इको, इसीजी र बेड भर्नामा आकर्षक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । महालक्ष्मी विकास बैंक चिप बेस्ड ट्राभल कार्ड, ईकमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक भएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij