२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम जारी, विराटनगर र पर्वतको विभिन्न स्थानमा सम्पन्न

ई आर्थिक    बुधबार, मंसिर २२ २०७८
5.1K
Shares
महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम जारी, विराटनगर र पर्वतको विभिन्न स्थानमा सम्पन्न

ई–आर्थिक, काठमाडौं । युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले गर्दै आएको ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रमलाई निरन्तर जारी राखेको छ । यसैक्रममा महालक्ष्मीले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग-महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख दिपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले प्रशिक्षण दिनु भएको थियो ।

अभियानका जिल्ला अध्यक्ष खड्क नारायण उडावले संचालन गर्नु भएको कार्यक्रममा केन्द्रिय सदस्य सरोज पौडेल र जिल्ला सदस्य हरुको उपस्थिति थियो ।

त्यसै गरी मंसिर १४ देखि १७ गते सम्म पर्वत जिल्लाको सदरमुकाम र ग्रामिण भेगमा पनि ‘युवासँग–महालक्ष्मी लाईफ’ कार्यक्रम संचालन भएको छ । गुप्तेश्वर बहुमुखि क्याम्पस कुस्मा, जनज्योती माध्यमिक विद्यालय ठानामौला फलेवास, पर्वत बहुमुखि क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापिठ फलेवास र युवा क्लव लिमिठाना फलेवासमा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सबै कार्यक्रमहरु क्याम्पस प्रमुख र क्लव अध्यक्षको अध्यक्षता भएको तथा उक्त बीमा जागरण कार्यक्रममा ३० देखि ६० जनाको उपस्थिति थियो । कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले प्रशिक्षण दिनु भएको उक्त कार्यक्रम कम्पनीका कर्मचारी विनिता शर्मा अधिकारी र लक्ष्मण आचार्यले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij