२०८३ साउन ९ शनिबार

राप्रपामा नेतृत्व परिवर्तनको दबाव, अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

ई आर्थिक    बिहिबार, मंसिर ९ २०७८
3.1K
Shares
राप्रपामा नेतृत्व परिवर्तनको दबाव, अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

रेखा थापा पनि खुलिन लिङ्देनको पक्षमा

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

सांसद रहनुभएका नेता लिङ्देनले पार्टीले अवलम्बन गरेको वैचारिक दृष्टिकोणमा नेतृत्व संवेदनशील नभएको आरोप समेत लगाउनुभयो ।

सोही कार्यक्रममा अर्का नेता धवलशम्शेर राणाले उक्त महाधिवेशनमा आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्दै मुलुकमा सुशासन र समृद्धि कायम गर्न अब युवा पुस्ता राजनीतिक दलका साथै सरकारको नेतृत्वमा आउन जरुरी रहेको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहनुभएका उहाँले पुरानो पुस्ताले नेतृत्व छोड्न नचाहेका कारण युवा सक्षम र क्षमतावान भएर पनि समकालीन राजनीतिको नेतृत्वमा आउन नसकेको विचार व्यक्त गर्नुभयो ।

यसैबीच रप्रपा नेतृ रेखा थापा पनि खुलिन लिङ्देनको पक्षमा खुलेकी छन् । उनले नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै लिङ्गदेनको पक्षमा खुलेकी हुन ।

यही मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौँमा राप्रपाको अधिवेशन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij