२०८३ साउन ९ शनिबार

गुण एयरलाइन्सको चितवन–पोखरा पनि उडान सुरु

ई आर्थिक    बिहिबार, मंसिर ९ २०७८
3.7K
Shares
गुण एयरलाइन्सको चितवन–पोखरा पनि उडान सुरु

ई–आर्थिक, चितवन । गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँ देखि चितवनसम्मको लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । गुणले असोज १ गतेदेखि काठमाडौँदेखि चितवनसम्म उडान सुरु गरेको थियो ।

उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”

आठ बर्षपछि पुनः सेवा सुरू गरेको एयरलाइन्सले विस्तारै आफ्नो उडान सेवा देशका विभिन्न स्थानमा विस्तार गर्दै लगेको छ । भरपर्दो र विश्वनीय सेवालाई प्राथमिकता दिंदै आएको यो एयरलाइन्सले चितवनका अतिरिक्त पोखरा, विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत, सिमरा र तुम्लिङटार आदी उडान गर्दै आएको छ । साथै यो एयरलाइन्सले माउण्टेन फ्लाइट समेतमा उडान भर्दै आएको छ ।

चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ । एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो ।

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij